Wednesday 1st April 2026

सांसद याेगेश भट्टरार्इले घरभाडास्वरुप अाउने ९० हजार रुपैयाँ फिर्ता गर्ने


तितोपाटी डट कम-सांसद याेगेश भट्टरार्इले संसदबाट घरभाडास्वरुप अाफूले पाउने ९० हजार रुपैयाँ फिर्ता गर्नुहुनेभएकाे छ ।उहाँले फिर्ता गर्ने भनिएकाे रकम २०७४ फागुनदेखि २०७५ मंसिरसम्मकाे घरभाडा बराबरकाे रकम हाे ।

अाइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा अाफूले काठमाडाैंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको र सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घरभाडा लिनेको सूचीमा अाफ्नाे नाम प्रकाशित हुँदा आफैं आश्चर्यमा परेको बताउनुभएकाे छ।साथै उहाँले अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुनगएकोमा दुःख पनि व्यक्त गर्नुभएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।केही दिन अघि पत्रपत्रिकामा काठमाडाैंमा घर हुने सांसदहरुले पनि घरभाडाकाे रकम लिएकाे वा लिने सूचीमा रहेकाे समाचार प्रकाशित भएकाे थियाे ।अाफूहरुलाई सचेत गराउँदै जनतालाई सुसूचित गरेकाेमा खोजपत्रकारिता केन्द्र तथा समाचार प्रकाशित भएकाे पत्रिका र पत्रकारलार्इ धन्यवाद पनि व्यक्त गर्नुभएकाे छ ।

भट्टराईद्वारा प्रकाशित प्रेश बिज्ञप्ती जस्ताको तस्तै:-


-उज्यालोबाट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...