Wednesday 1st April 2026

मोना ओमन द्वारा पीडित महिला तथा बालबालिका अक्षय कोषमा एक लाख भन्दा बढी आर्थिक सहयोगको घोषणा


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ ( मोना) राष्ट्रिय कार्यकारी समिति ओमनको विशेष बैठक डिसेम्बर ७ तारिक शुक्रबारको दिन अध्यक्ष पुर्ण विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरि पीडित महिला तथा बालबालिका अक्षय कोषमा एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति द्वारा पीडित महिला तथा बालबालिकालाई लक्षित गरी स्थापना गरेको अक्षय कोषमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती ओमनले १, ००, १११ (एक लाख एक सय एघार रुपैया) आर्थिक सहयोग गर्ने मोना ओमनका अध्यक्ष पूर्ण बिश्वकर्मा पहाडीले तितोपाटी लाई जानकारी गराएका छन ।

बैठकमा मोना ओमनका उपाध्यक्ष गणेश चोखल, धन बहादुर छन्त्याल, वरिष्ठ सल्लाहकार सेवान्त पुर्जा, प्रेम गुरुङ्ग, याम रोका, चन्द्र बहादुर दर्जी, सम्मर खत्री, तुल सिउथानी, पक ब. पुन, नगेन्द्र पुन लगायत सदस्यहरुको बाक्लो उपस्थित रहेको थियो । संस्थामा कार्य व्यस्तताका कारण महासचिव ठहर प्रसाद श्रेष्ठले समय दिन नसकेको हुँदा बैठकले महासचिवमा देवि पुनलाई चयन गरेको छ भने सचीवमा अनिसा छन्त्याल र खेलकुद संयोजकमा याम रोकालाई चयन गरेको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति द्वारा पीडित महिला तथा बालबालिका लागि एक करोड अक्षय कोषको स्थापना गर्न लागेको हो । उक्त अभियानमा ब्यक्तिगत आर्थिक सहयोग लगायत विभिन्न देशमा रहेका मोना एन. सि. सिले पनि आर्थिक सहयोग गरेका छन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...