Wednesday 1st April 2026

“भविष्यको सपनामा रमाउन थालेको छु” सपना पूरा नहुदै सदाका लागि विदा भए चापागाईं


तितोपाटी डट कम-साउदि अरब- “भविष्यको सपनामा रमाउन थालेको छु” यहि स्टाटस फेसबुकमा पोष्ट गरेको करिब अढाई महिना नहुदै साउदी अरबमा सदाका लागि विश्राम लिएका छन् एक होनहार नेपाली युवा । गत सेप्टेम्बर २१ तारिख, २०१८ आफ्नो फेसबुक पेजमा माथिको स्टाटस राखि भविष्यको सपना देख्ने कुसम बाकेका अरुण(वेद) चापागाईंको सपना चकनाचुर भएको छ।तीन अघि अचानक टाउको दुख्यो भनी हातगोडा चल्न छोडेपछि अस्पताल भर्ना गराइएको थियोे अरुण लाई । पछिल्लो दुईदिन देखि अचेत अवस्था रहेका उनलाई गत डिसेम्वर १ तारीक दिउंसो १:२५ बजे डक्टरले मृत घोषित गरेको हो । श्रोतले दिएको जानकारी अनुसार मस्तिष्कमा रक्त श्राप (ब्रेन हेमोरेज)का कारण उनको मृत्यु भएको हो ।

साउदि अरबको जेद्धा स्थित अलमाराई कम्पनीमा विगत अढाई वर्ष देखि कार्यरत अरुण एक लगनशील र कुशल समाजि अभियान्ता पनि हुन् । उनी गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समितिमा कार्यसमिति सदस्य, नेपाली श्रमिक सञ्जालका अभियान्ता लगायत विभिन्न समाजिक संघ संस्थाहरुमा सकृयताका साथ लागि परिरहेका होनहार युवा हुन्।प्रवासमै रहेर पनि कलमको माध्यमबाट सामाजिक गतिविधिहरु कोर्ने युवा पत्रकारको रुपमा चिनिदै थिए चापागाईं । “एक जुझारु र सच्चा समाजसेवीलाई गुमाउनु पर्दा संस्थालाई र सिङ्गो नेपाली समाजलाई अतुलनिय क्षति भएको” बताउँछन् राष्ट्रिय समन्वय परिषद् साउदि अरबका उपाध्यक्ष ध्रुव कुमार रिजाल ।त्यसैगरी नेपाली श्रमिक सञ्जाल एवम् समाजिक अभियान्ता तथा पिएनसीसी समन्वयकर्ता अञ्जन पोखरेलले “सामाजिक सेवा र विशेष गरि नेपाली श्रमिकहरुको पैरवी पहलकर्ता एक कर्मठ सहकर्मी अरुणलाई गुमाउन पर्दा नेपाली समाज जेद्धालाई ठुलो क्षति भएको जनाए।

मृतकको सव हाल डा. सुलैमान फकेह (Dr. Sulaiman Fakeh Hospital) हस्पिटलमा राखिएको छ । उनको मृत्यु भएको खबर प्राप्त हुनासाथ एनआरएनए क्षेत्रिय समन्वय समिति जेद्धाले आकस्मिक बैठक वसि शोकसाभा गरेको छ । साथै मृतक चापागाईंको सव नेपाल पठाउन महावाणिज्यदूतावास सँग समन्वयकारि भुमिका निर्वाह गरि परिवारलाई आर्थिक सहयोग जुटाउन समिति लागि पर्ने अध्यक्ष भिम गुरुङले जानकारी दिएका छन्।हिजै साझ मात्रै महावाणिज्यदूतावास जेद्धा साउदि अरबका महावाणिज्यदूत रेवतीरमण पौडेलका साथै धर्म पत्नी जमुना पौडेल, एनसीसी साउदिका उपाध्यक्ष ध्रुव कुमार रिजाल, क्षेत्रीय अध्यक्ष भिम गुरुङ सहितको टोलिले अचेत अवस्थामा रहेका अरुण चापागाईंलाई भेटि पछिल्लो अवस्था बारे जानकारी लिएको थियोे ।

साउदी अरबको नियम, कम्पनीको कानुनी प्रक्रिया पूरा गरि मृतक चापागाईंको सव नेपाल पठाउन कुनै कसर बाकि नराखिने महावाणिज्यदूतावास श्रोतले जानकारी दिएको छ।स्वर्गीय अरुणकि श्रीमती, १ छोरा र १ छोरी सहितको परिवार रहेको छ । ३२ वर्षिय चापागाईंका छोराछोरी हरुको पढाईका लागि परिवार दाङको लमहीमा बस्दै आईरहेका छन्

-डिसी गल्फ-तेज थापा


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...