Thursday 4th July 2024

‘मेयरका लागि गाडी किन्ने, दमकल किन्न नसक्ने?’


तितोपाटी डट कम-आफ्नै घरमा आगो लाग्दा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर सात लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएपछि नगरपालिकाका जनप्रतिनिधिप्रति स्थानीयवासीले आक्रोश पोखेका छन्।उनीहरूको भन्छन्, “मेयर चढ्ने गाडी किन्न सक्ने, तर आगो निभाउने दमकल किन्न किन नसक्ने?”शिवसताक्षी नगरपालिका वडा नम्बर आठका हेमराज पाण्डेले नगरपालिका सुगम क्षेत्रमा रहे पनि जनप्रतिनिधिले दमकल किन्न चासो नदेखाएको भन्दै दुखेसो पोखे।’दमकलको न्यून संख्याले चिन्ता’
-वीरगञ्जमा ग्यास उद्योगमा आगलागी
उनको आक्रोश छ, “झापाको यो नगरपालिका पूर्वपश्चिम राजमार्गले भेट्छ। जहाँ पनि गाडी पुग्छ। मेयर चढ्ने गाडी ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेर किन्ने तर एउटा दमकल राख्न नसक्ने?”‘क्षमता छैन’झापाको यो नगरपालिका पूर्वपश्चिम राजमार्गले भेट्छ। जहाँ पनि गाडी पुग्छ। मेयर चढ्ने गाडी ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेर किन्ने तर एउटा दमकल राख्न नसक्ने?हेमराज पाण्डे, सर्वसाधारण, शवसताक्षी नगरपालिका
उनले विगतमा पनि सोही नगरपालिका हाताभित्र परिवारै सखाप हुनेगरी आगलागी भएको सुनाए।आइतवार राति भएको आगलागीमा परी ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया सुप्रिया खनाल तथा तीन महिनाका टीकाराम खनालको मृत्यु भएको थियो।शिवसताक्षी नगरपालिकाकामा मेयर र उपमेयरका निम्ति गाडी छ तर दमकल छैन। नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले आलोचना भए जस्तो आफूहरूले सुविधा नलिएको दाबी गरिन्।दमकल राख्ने आर्थिक क्षमता र जनशक्ति नगरपालिकासँग नभएकाले किन्न नसकेको उनको तर्क छ।उनले भनिन्, “हामीले मेयरका लागि भनेर एउटा गाडी किनेका हौँ। म चढ्ने गाडी त पुरानै हो। हामी एक्लैले दमकल राख्न नसक्ने भएकाले हिलेसम्म किनेका छैनौँ।”

‘तथ्याङ्क छैन’
लामो समयपछि बनेका स्थानीय सरकारका कैयौँ जनप्रतिनिधिले आफ्नो गाडीलगायत विभिन्न सेवासुविधालाई प्राथमिकता दिएको भन्दै व्यापक आलोचना भएको छ। हामीले मेयरका लागि भनेर एउटा गाडी किनेका हौँ। म चढ्ने गाडी त पुरानै हो भोजकुमारी नेपाल, उपमेयर, शिवसताक्षी नगरपालिका तर आगलागी नियन्त्रणको निम्ति आवश्यक दमकल र बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सजस्साधन कति स्थानीय तहसँग छन् त?
सङ्घीय मामिला मन्त्रालयका अनुसार त्यस्तो तथ्याङ्क केन्द्रीय सरकारलाई प्राप्त भएको छैन। विपद् व्यवस्थापनको दायित्व स्थानीय सरकारकै रहेको उसको बुझाइ छ।

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया भन्छन्, “विपद् कहिले आउँछ भन्ने कुरा थाहा हुँदैन। विपद् व्यवस्थापनको जिम्मेदारी स्थानीय सरकारमा छ। उसले दमकलको व्यवस्था गर्न सक्छ।”पछिल्लो समय स्थानीय सरकार बनिसकेपछि कति नगरपालिकाले दमकल किने भन्ने जानकारी मन्त्रालयसँग छैन।मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाकी अधिकृत सीता दवाडीका अनुसार नगरपालिकाहरूले दमकल भए नभएको जानकारी मन्त्रालयमा पठाएका छैनन्।तर आगलागी जस्तो विपद् व्यवस्थापनमा नगरपालिकाले चासो दिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ।
साभार-बिबीसी


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा…

नेकपा एमाले सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् । चार महिनाअघि…

हिन्दु धर्मगुरु भोले बाबाको धार्मिक सभामा भीडले मानिसहरुलाई कुल्चदा कम्तीमा १२० जनाको मृत्यु भएको थियो । भारतको हाथरस जिल्लामा मंगलबार…

प्रतिकृयाहरू
...