Tuesday 31st March 2026

डा केसीले गरे फेरि अनसन बस्ने घोषणा, यस्ता छन् केसीका तीन माग


प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । आफ्ना तीन बुँदे माग अघि सार्दै डा केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन्।त्रिवि शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने,निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने र सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा डा केसीले जनता मुखी र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि बारम्बर सत्याग्रहसहितका आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला भ्रष्ट र माफियाहरुका स्वार्थका कारण जारी हुन नसकेको गुनासो गरे।आफ्नो साउनको सत्याग्रहका क्रममा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनुपर्ने विषय उल्लेख भएको भएपनि मेडिकल माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाए ।

केसीले शिक्षामन्त्री गिरीराज मन्त्रीसमेत माफियाको प्रभावमा परेर चिकित्सा शिक्षा आयोगको मातहतबाट मेडिकल शिक्षाको स्नातक तह मुनीको महत्वपूर्ण हिस्सा निकाल्नुपर्ने भनेर नाजायज लबिङमा लागिरहेको आरोप समेत लगाए ।‘मन्त्रीसमेत माफिया र पार्टीको गुटको स्वार्थमका लागि नाजायज काममा संलग्न हुने हो भने पदमा रहिरहन उनी नैतिक रुपले अयोग्य छन्’, पत्रकार सम्मेलनमा केसीले भने ।मन्त्रीको हर्कतले माफियाहरुको स्वार्थ पूर्ति गर्न, तीनसित लेनदेन र आफैलाई धनी बनाउन पदमा गएका हुन् कि भन्ने आशंका उत्पन्न भएको केसीकाे भनाई थियो ।

साभार- रातोपाटी


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...