Friday 16th January 2026

राजधानीको बुद्धनगरमा भीषण आगलागी (भिडियोसहित)


तितोपाटी डटकम-काठमाडौं–राजधानीको बुद्धनगरस्थित एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ ।

दिउँसो साढे ३ बजेदेखि राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी सुरु भएको हो । आगलागी सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने बारे खुल्न बाँकी रहेको छ।नजिकै रहेका घरहरु पनि आगोको जोखिममा रहेकाले सो क्षेत्रमा त्रास फैलिएको छ ।


साभार-रातोपाटी


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...