Tuesday 31st March 2026

गजल


गजल

एउटा राजा फ्यालेर,धेरै राजा पायौं हामीले,
दुई चोटि बेहुली बनाई,उनिलाई ल्यायौं हामीले ।

भोज-भतेर अतिथि सत्कार, बिलासि जीवन उनकै,
न सिटामोल न टीका मुछ्ने अक्षता,के खायौं हामीले ।

उहीँ छाटकाट उहि तडकभडक,उस्तै शैलि पनि,
बेकार किन बिद्रोहको गितहरु,घन्कायौं हामीले ।

सय जोगि पाल्नु भन्दा,एउटा पाल्नु बेश हुन्थ्यो
बिचरालाई ब्यर्थै नागार्जुनमा,थन्को लायौं हामीले ।।

माधव पौडेल”असल यात्री”-कुवेत


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...