गजल
एउटा राजा फ्यालेर,धेरै राजा पायौं हामीले,
दुई चोटि बेहुली बनाई,उनिलाई ल्यायौं हामीले ।
भोज-भतेर अतिथि सत्कार, बिलासि जीवन उनकै,
न सिटामोल न टीका मुछ्ने अक्षता,के खायौं हामीले ।
उहीँ छाटकाट उहि तडकभडक,उस्तै शैलि पनि,
बेकार किन बिद्रोहको गितहरु,घन्कायौं हामीले ।
सय जोगि पाल्नु भन्दा,एउटा पाल्नु बेश हुन्थ्यो
बिचरालाई ब्यर्थै नागार्जुनमा,थन्को लायौं हामीले ।।
माधव पौडेल”असल यात्री”-कुवेत