Tuesday 31st March 2026

शिल्पी संघ नेपाल – कुवेतले छिट्टै अधिबेशन गर्ने


तितोपाटी – शिल्पी संघ नेपाल – कुवेतले छिट्टै अधिबेशन गर्ने तयारी गरेको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत नेपालीहरू लार्इ ‘दलित’ नाम नरुचाउनेहरु मात्र शिल्पी संघमा आबद्ध हुन शिल्पी संघ नेपाल – कुवेतले आह्वान गरेको छ ।

मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज संचालनका आधारभुट बस्तुको खोज, उत्पादन र बिकासमा शिल्पी समुदायको महत्त्वपूर्ण योगदान रहेको छ । राज्यले शिल्पी समुदायलाई सम्मानजनक पहिचान, राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार ग्यारेन्टी गर्नु पर्ने, संविधान सभा द्वारा जारी संविधानमा पूर्ववत् दलित शब्द कायम राखी मानवताको कलंक जातीय भेद भेदभाव लाई निरन्तरता दिदै शोषण र दमन गर्ने प्रवृत्ति हटाउनु पर्ने र दलित शब्दको विकल्पमा शिल्पी शब्द राख्न दबाब दिनको लागि शिल्पी संघको स्थापना भएको शिल्पी संघ नेपाल कुवेत गठनको पहलकर्ता बिकल्पले बताएका छन ।

बिदेशी भूमिमा बाध्यता वा बिभिन्न परिस्थितिका कारण परदेशिए पनि हजारौं वर्ष देखि आसन, रासन र शासनाधिकार वाट बञ्चित शिल्पी समुदाय र अन्य उत्पीडित समुदायको संघर्ष संगै सम्पुर्ण बल ताकत सहित संघर्षमा उत्रने संयोजक गोपाल गदाइलीले बताएका छन ।

आगामी अधिवेशनमा भाग लिन चाहनेहरुले निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न संयोजक गोपाल गदाइलीले अनुरोध गरेका छन्।

गोपाल गदाइलीले (६६५४२५१०), दिपेश नेपाली (९८५१२०८६),सबिन लाम्मगाछे (९५५३०२७५), मुना गतराज (६६११९८४३), राम नेपाली (९८१०३८९१), करण गौतामे (६६०११९७६), प्रसनता परियार (६६९६९३४६)


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...