Tuesday 31st March 2026

लोकतन्त्र कारमा चढेर आयो (कबिता)


लोकतन्त्र कारमा चढेर आयो, धुन बिनाको रंगमा रंगायो ।
प्रजातन्त्रको पहेंलीमा संघियतालाई पनि सतरन्ज बनायो ।।

जनताको कान्ला मुनि बेमौसमको सवारी ल्यायो ।
सर्बहाराको जीवनमा भोगसंगै पीडाको भारी बिसायो ।।

सिहांशनको नाशामा , जनतालाई बनाए फकिर ।
युद्धमा गरेको संकल्प भुले , सत्र हजार भए शहिद ।।

कस्तो लोकतन्त्र आयो खल्तिमा रंग रोगन लगायो ।
करको भारी बोकाएर जनतासंग दु:खको सारमा रमायो ।।

लोकतन्त्र कारमा चढेर आयो , धुन बिनाको रंगमा रंगायो ।
प्रजातन्त्रको पहेंलीमा संघियतालाई पनि सतरन्ज बनायो ।।

रचनाकार – भोलाप्रसाद लोहनी (मानवअधिकार कर्मी )


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...