लोकतन्त्र कारमा चढेर आयो, धुन बिनाको रंगमा रंगायो ।
प्रजातन्त्रको पहेंलीमा संघियतालाई पनि सतरन्ज बनायो ।।
जनताको कान्ला मुनि बेमौसमको सवारी ल्यायो ।
सर्बहाराको जीवनमा भोगसंगै पीडाको भारी बिसायो ।।
सिहांशनको नाशामा , जनतालाई बनाए फकिर ।
युद्धमा गरेको संकल्प भुले , सत्र हजार भए शहिद ।।
कस्तो लोकतन्त्र आयो खल्तिमा रंग रोगन लगायो ।
करको भारी बोकाएर जनतासंग दु:खको सारमा रमायो ।।
लोकतन्त्र कारमा चढेर आयो , धुन बिनाको रंगमा रंगायो ।
प्रजातन्त्रको पहेंलीमा संघियतालाई पनि सतरन्ज बनायो ।।
रचनाकार – भोलाप्रसाद लोहनी (मानवअधिकार कर्मी )