Tuesday 31st March 2026

कालिकोटकी ललिताले जन्माइन् शरीर जोडिएका जुम्ल्याहा छोरी


तिताेपाटी – कर्णाली प्रदेश अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा छोरी जन्मिएका छन् । राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर जोडिएका दुई छोरीलाई जन्म दिनु भएको हो ।

प्रदेश अस्पताल प्रमुख डाक्टर डम्बर खड्का, राजिव शाहसहितको टोलीले शल्यक्रिया गरेर बच्चा निकालेका हुन् ।  बालिकाहरु र आमाको स्वास्थ्य अवस्था ठीक रहेको बाल रोग विशेषज्ञ डाक्टर केसीले जानकारी दिनुभयो । उहाँले बालिकाहरुको मुटु जोडिएको नजोडिएको बारे थाहा हुन नसकेको जानकारी दिनुभयो । ‘एक्सरे गरेपछि मात्र मुटु जोडिएको छ कि छैन भनेर थाहा हुन्छ  । यदि मुटु जोडिएको रहेनछ भने अपरेशन गरेर छुट्टाउन मिल्छ’, डा केसीले भन्नुभयो, ‘बालिकाहरुको छाती र पेटको माथिल्लो भाग मात्रै जोडिएको देखिएको छ ।’

बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको उहाँले जानकारी दिनुभयो ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...