Thursday 15th January 2026

कालिकोटकी ललिताले जन्माइन् शरीर जोडिएका जुम्ल्याहा छोरी


तिताेपाटी – कर्णाली प्रदेश अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा छोरी जन्मिएका छन् । राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर जोडिएका दुई छोरीलाई जन्म दिनु भएको हो ।

प्रदेश अस्पताल प्रमुख डाक्टर डम्बर खड्का, राजिव शाहसहितको टोलीले शल्यक्रिया गरेर बच्चा निकालेका हुन् ।  बालिकाहरु र आमाको स्वास्थ्य अवस्था ठीक रहेको बाल रोग विशेषज्ञ डाक्टर केसीले जानकारी दिनुभयो । उहाँले बालिकाहरुको मुटु जोडिएको नजोडिएको बारे थाहा हुन नसकेको जानकारी दिनुभयो । ‘एक्सरे गरेपछि मात्र मुटु जोडिएको छ कि छैन भनेर थाहा हुन्छ  । यदि मुटु जोडिएको रहेनछ भने अपरेशन गरेर छुट्टाउन मिल्छ’, डा केसीले भन्नुभयो, ‘बालिकाहरुको छाती र पेटको माथिल्लो भाग मात्रै जोडिएको देखिएको छ ।’

बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको उहाँले जानकारी दिनुभयो ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...