Sunday 12th April 2026

ललितपुरकी सची पाैडेल बनिन् “मिस एभिएसन क्वीन २०१८”


तितोपाटी – एयर होस्टेसको प्रशिक्षण लिइरहेका र लिइसकेका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन २०१८’को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छिन्। १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी सचीले उपाधिसँगै एक एयरलाइन्स कम्पनीमा एयर होस्टेसको जागिरको अवसर पनि पाएकी छन्।

टच इन्टरटेनमेन्ट र स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगितामा पुनम लिम्बू ‘फस्ट रनर अप’, सुमी पोर्तेल ‘ सेकेन्ड रनर अप’, दीपिका पाठक ‘थर्ड रनर अप’ र नेहा चौधरी ‘फोर्थ रनर अप’ भए । सहारा इन्टरनेसनल एयरहोस्टेस एकेडेमीको सहकार्यमा भएको प्रतियोगितामा कविता घले ‘बेस्ट स्पिच’, पुनम लिम्बू ‘बेस्ट सिंगर’, श्रेया सिंह ठकुरी ‘बेस्ट डान्सर’, रिजा उदय ‘एक्स्ट्रा ट्यालेन्ट’, सची पौडेल ‘मिस ट्यालेन्ट’, लक्ष्मी तामाङ ‘मस्ट पपुलर’, छुनु सेन्चुरी ‘मस्ट पपुलर अन इन्टरनेट’, नेहा चौधरी ‘भ्युअर्स च्वाइस’, दीपिका पाठक ‘बेस्ट पर्सनालिटी’, नेहा चौधरी ‘बेस्ट स्माइल’, सुमी पोर्तेल ‘मिस फोटोजेनिक’, यान्जिला शेर्पा ‘मिस ब्युटिफूल’, बबिना अर्जेल ‘मिस चार्मिङ’, अलिशा चौलागाई ‘मिस फ्रेण्ड्ली’, अनिशा न्यौपाने ‘मिस डिसेन्ट’, कृति खत्री ‘मिस इनर्जेटिक’, रीया भारती ‘बेस्ट परफमर’ र ‘मस्ट कन्फिडेन्ट’, एन्जिमा शेर्पा ‘मिस इन्टेलिजेन्ट’, दिक्षा चौधरी ‘मिस क्याटवाक’ तथा आ“चल खड्का ‘मिस डाइनामिक’ बने।

अभिनेता एसराज गराच तथा तेन्जु योञ्जनको कोरियोग्राफीमा भएको प्रतियोगितामा अभिनेता सुनिल थापा, त्रिभुवन विमानस्थलका व्यवस्थापक राज क्षेत्री, नेपाल एयरलाइन्सका निर्देशक अच्युतराज पहाडी, नेपाल रेस्लिङ एसोसिएसनका अध्यक्ष नारायणदेव राणा, बुद्ध एयरलाइन्सका मार्केटिङ मेनेजर बिनिता थापा, ‘मिस नेपाल २०००’ उषा खड्गी, मोडल दिक्पाल कार्की तथा एयर होस्टेस पूजा सिलवाल निर्णायक थिए।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...