Wednesday 11th March 2026

सुनसरीमा पनि भारतीयलाई नागरिकता, कार्यवाहक वडा अध्यक्षसहित ६ जना पक्राउ


तिताेपाटी – इटहरी उपमहानगरपालिका ८ बाट भारतीय नागरिलाई गलत विवरणको आधारमा नागरिकता दिएको आशंकामा छानविन थालिएको छ। वडाअध्यक्ष रोहितकुमार चौधरीले ती भारतीय नागरिकलाई झुट्टा विवरण पेस गर्दा पनि नागरिकता बनाउन सिफारिस गरेको भन्दै छानविन थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। गलत व्यत्तिलाई नागरिकता सिफारिस गरेको विषयमा जिल्ला प्रसाशन कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाइएको उप्रेतीले जानकारी दिए।
वडाअध्यक्ष चौधरीले भने आफू विदामा बसेको बेला नागरिकताको सिफारिस गरिएको दाबी गरे। इटहरी उपमहानगरपालिका ८ स्थित वडा कार्यालयका तत्कालीन कार्यवहाक वडाध्यक्ष बुधनारायण चौधरीले भारतीय नागरिकलाई सिफारिस दिएको चौधरीको भनाइ छ। उनले भने, ‘म विदा भएको समयमा कार्यवहाक अध्यक्ष बुधनारायण चौधरीले सिफारिस दिएका रहेछन्। उनको विषयमा अनुसन्धान भइरहेको छ।’ यसरी गरियो सिफारिस वडा ८ का वडाध्यक्ष रोहित चौधरी विदा भएको अवस्थामा कार्यवहाक वडाअध्यक्षको जिम्मेवारी पाएका बुधनारायणले भारतीय नागरिक गणेश हरिजनलाई नेपाली नागरिकताको सिफारिस दिएका थिए। गणेशलाई इटहरी ८ बस्ने बासुदेब हरिजनको दाइ, मूर्ती हरिजनका छोरा नाताको आधारमा वडा कार्यालयमा निवेदन दिएको बताइएको छ। निवेदन दिने दाइ र बुबा नै नक्कली भएको पाइएको छ।
बासुदेवले वडाले दिएको सिफारिस लिएर इलाका प्रहरी कार्यालय इटहरीमा सरजमिन गर्न पुगेका थिए। प्रहरीले पनि छिमेकीको सरजमिनलाई आधार मानेर वडालाई पुन: सिफारिस दिएको थियो। सरजमिन पछि वडाले नागरिकताको लागी जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकता दिन अन्तिम सिफारिस दिएको थियो। तर प्रशासन कार्यालयले नागरिकता लिने व्यक्ति भारतीय भएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले छानविन गर्न निर्देशन दिएका थिए। छानविनको क्रममा नागरिकता सिफारिस लिने बासुदेव हरिजनले सरजमिनमा बस्ने छिमेकीहरूलाई जनही १० हजारको दरले पैसा खुवाएको स्रोतको दाबी छ।
६ जना पक्राउ नागरिकता सिफारिस लिने बासुदेव हरिजनले सरजमिनमा बस्ने छिमेकीहरूलाई जनही १० हजारको दरले पैसा खुवाएको आशंकामा बासुदेव र गणेश हरिजनलाई नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय सुनसरीमा राखेर अनुसन्धान भइरहेको उप्रेतीले जानकारी दिए। सिफारिस दिने इटहरी ८ का तत्कालीन कार्यवहाक अध्यक्ष बुधनारायण चौधरीलाई जिल्ला प्रशासन कार्यलय इनरुवा तानिएको उप्रेतीले जानकारी दिए। सरजमिनमा बस्नेहरू सहित ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेतीले भारतीय नागरिकको विषयमा अनुसन्धान शुरु गरिएको जानकारी दिए। उनले घटनालाई अत्यन्त गम्भीर रुपमा लिएको जानकारी दिँदै केहीलाई नियन्त्रणमा पनि लिएर बुझ्ने काम भइरहेको बताए।
घटनालाई लिएर आइतबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो। सो छलफलमा सहभागी हुन वडा कार्यलयका सबै प्रतिनिधि र कर्मचारी प्रशासन कार्यलय गएपछि इटहरीस्थित वडा कार्यालय दिनभर बन्द रहेको थियो।
– थाहा खबर

सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...