Wednesday 26th November 2025

एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा रिहा


तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार(आरके)शर्मा रिहा भएका छन्।करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको पत्रकार रवि रोशीले जनाए। रोशीले भने”आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ,लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ।”

गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिकमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको थियो।यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै शर्माको रिहाईको माग गरेको थियो।कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको त्यहाँको प्रहरीले जनाएको थियो।

आरके शर्मा सहित कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा,रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई त्यहाँको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो । शर्मा सहित सबै जना रिहा भएका छन्।
-नेपाल ब्रिटेन डटकमबाट साभार


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...