Wednesday 8th April 2026

कुवेतमा पुन भारी वर्षा हुने,साथै भोली स्कुल कलेज बन्द रहने


बसन्त थापा, कुवेत- कुवेतमा पुन भिषण वर्षा हुने भन्दै कुवेत सरकारले  भोलि अर्थात् नोभेम्बर १४ तारिख बुधवारका दिन पनि स्कुल कलेज लगाएतलाइ सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

बिगत केहि दिन देखि कुवेतमा भारि बर्षा भैरहेकोले उक्त बर्षाको क्रममा मानवीय क्षेति न्युन रहे पनि भौतिक क्षेति भने ठुलों रुपमा भएको थियो, सोहि घटनालाई मध्यनजर गर्दै कुवेत जल तथा मौसम बिज्ञान पूर्वानुमान विभागले एक अपिल जारि गर्दै तल्लो तटीय क्षेत्र तथा बाढी डुवान क्षत्रका बासिन्दालाई सतर्क रहन भनेको छ।

मौसममा बदली भएकोले आज कुवेत स्थित देशभर चिसो महसुस गरिएको छ, भने गर्मि सिजनको अन्त्या र ‘जाडो’ सिजनको सुरुवाती चरण भएकोले चिसो बढेको हो।

कुवेतमा जाडो सिजन डिसेम्बरदेखि फेब्रुअरी सम्म जारी रहने गर्दछ भने सोहि समयमा बर्षा पनि छिटफुट हुने गर्दछ।

गल्फका विभिन्न देशहरुमा समेत बदली भएको छ यो प्रणाली अझै दुइ तिन दिन जारि रहने मौसम विभागले जनाएको छ।भोलि कुवेतको विभिन्न भागमा भारि मात्रमा वर्षा हुने सम्भावना भएकोले सम्पूर्ण कुवेत बासि तथा अप्रवासीहरुलाई सतर्क हुन मौसम विभागले आग्रह गरेको छ भने उक्त बर्षामा बाढी आउने भन्दै बाढी ग्रस्त क्षेत्रमा सतर्क रहन समेत अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...