Friday 6th March 2026

काभ्रेमा बस दुर्घटना, १८ जना घाइते


तितोपाटी – काभ्रेकाे नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि धुलिखेल अस्पतालमा पुर्याइएको छ । स्थानीय र प्रहरीको बलमा उनीहरुको उद्धार गरिएको हो । स्थानीय प्रत्यक्षदर्शी सुवास लामाका अनुसार गुडिरहेको बसको पत्ता भाँचिएर घुम्तीको खाल्टोमा परी बस पल्टिएको थियो । सडकबाट पल्टिएको बस रुखमा अड्कीएको अवस्थामा छ ।

काभ्रेकै विभिन्न स्थानमा पछिल्लो महिना मात्रै तीन वटा दुर्घटना भएका छन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...