Wednesday 24th September 2025

काभ्रेमा बस दुर्घटना, १८ जना घाइते


तितोपाटी – काभ्रेकाे नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि धुलिखेल अस्पतालमा पुर्याइएको छ । स्थानीय र प्रहरीको बलमा उनीहरुको उद्धार गरिएको हो । स्थानीय प्रत्यक्षदर्शी सुवास लामाका अनुसार गुडिरहेको बसको पत्ता भाँचिएर घुम्तीको खाल्टोमा परी बस पल्टिएको थियो । सडकबाट पल्टिएको बस रुखमा अड्कीएको अवस्थामा छ ।

काभ्रेकै विभिन्न स्थानमा पछिल्लो महिना मात्रै तीन वटा दुर्घटना भएका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...