Wednesday 18th February 2026

नरबहादुर बि. सी. काे “युरोप डायरी” विमोचन


तितोपाटी – भुपु प्रधानध्यापक, लेखक, गायक तथा साहित्यकार नरबहादुर बि.सी. द्वारा लेखिएको “युरोप डायरी” पुस्तकको २०७५ कार्तिक २१ गते लक्ष्मी पूजाको दिन गोधुली फुडल्याण्ड, बसुन्धारा, काठमाडौंमा एक बिशेष कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ ।

ज्ञान ज्योति पब्लिकेसन्सका संचालक पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा प्रमुख अतिथि रहनु भएको थियो भने विशेष अतिथिमा राष्ट्रिय सभा सदस्य दिननाथ शर्मा, साहित्यकार तथा समालोचक हरिहर खनाल र नेकपा केन्द्रिय सदस्य हिमाल शर्मा रहनु भएको थियो । त्यसैगरी बिमोचन कार्यक्रममा लेखक, साहित्यकार, बुद्धिजीवी, समाजसेवी, भद्रभलाड्मी, ब्यवसायी, पत्रकार, कलाकार लगायत शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा, राष्ट्रिय सभा सदस्य दिननाथ शर्मा, साहित्यकार तथा समालोचक हरिहर खनाल र नेकपा केन्द्रिय सदस्य हिमाल शर्मा लगायतले “युरोप डायरी” पुस्तकको लोकार्पण गर्नु भएको थियो, भने कार्यक्रम संचालन उमेश पाण्डेले गर्नु भएको थियो ।

बुबा जीतबहादुर बि. सी. र अामा शिवकुमारी मल्ल (बानियाँ) को कोख बाट बि. स. २०१६ भदौ २४ गते झालुकवारी, गुवाहाटी, भारतमा जन्मिनु भएका बरङ्जा, म्याग्दीका नरबहादुर बि.सी. हाल टोखा न.पा. ८ बानियाँटार , काठमाडौंमा बस्दै आउनु भएको छ । लामो समय सम्म महेन्द्र रत्न माध्यामिक बिद्यालय बरङ्जा म्याग्दीमा प्रधानध्यापक भइ शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । उहाँले थुप्रै कृतिहरु लेख्नु भएको छ भने दर्जनौं गीति क्यासेटहरु पनि निकाल्नु भएको छ ।

भुपु प्रधानध्यापक, लेखक, गायक तथा साहित्यकार नरबहादुर बि.सी. द्वारा लेखिएका कृतिहरु रगतको अाँसु (गीत सङ्ग्रह २०४८), मैले भेट्टाएका भूतप्रेत, मसान र बोक्सीहरु (प्रत्यक्ष अनुभव खोज २०५२), रातो घाम (गीत सङ्ग्रह २०६६- अ.ने.सा.स. वासिङटन डी. सी. अमेरिकाबाट इ. सं. २०११ सवाैत्कृष्ट गीति साहित्य पुरस्कार प्राप्त), धुले र आगो देउ ( बरङ्जाको लोक संस्कृति – एम. ए. सोध पत्र) , आक्रोशित नारी (नाटक – डाफे कलामन्दिर पोखरामा प्रदर्शित), पुरुष अधिकार (कथा सङ्ग्रह २०६६) रहेका छन ।

उहाँका गीति क्यासेटहरु पानको पात, सोल्टी ज्यू, लगन, मेची देखि महाकाली, युद्ध बिराम, सम्झना र शिरफूलै माया आदि रहेका छन भने दोहोरी गीत प्रतियोगितामा थुप्रै पटक प्रथम पुरस्कार हात पार्न सफल हुनु भएको छ । बि. स. २०४२ सालमा राष्ट्रब्यापी नृत्यमा स्वर्ण पदक सहित प्रथम पुरस्कार प्राप्त गर्नु भएको थियो । त्यसैगरी समाज सेवा र शिक्षा सेवा गरे बापत पनि थुप्रै पटक सम्मानित हुनु भएको छ । देश तथा बिदेशमा रहेका विभिन्न संघ – सस्थाबाट पनि उत्कृष्ट साहित्य तथा कलाकारिताको उच्च मुल्यांकन सहित धेरै पटक सम्मान पाउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि लगायत अतिथिले पुस्तकको खुलेर प्रशंसा गर्नु भएको थियो भने लेखकले युरोप भ्रमणमा रहेको बेला युरोपको कला, संस्कृति लगायत अन्य थुप्रै महत्त्वपूर्ण विषयको बारेमा पनि पुस्तकमा समाबेश भएको जानकारी गराउनु भएको थियो । अन्त्यमा ज्ञान ज्योति पब्लिकेसन्सका संचालक पुष्पराज पौडेलले उपस्थिति सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...