Wednesday 24th September 2025

अछाममा ५७ वर्षीया बोल्न नसक्ने बृद्धा महिला बलात्कृत


तितोपाटी – अछाम जिल्लामा ५७ वर्षीया बोल्न नसक्ने वृद्ध महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती वृद्धा महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।

कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।

आउजीले कार्तिक २० गते सरकारी वकिल कार्यालयमा आरोप स्वीकार्दै स्थानीय १९ वर्षीय बुद्धि आउजीसमेत संलग्न रहेको बयान दिएका छन् । आरोपित बुद्धिलाई समेत पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...