Wednesday 24th September 2025

चितवनमा शैक्षिक भ्रमणमा लगिएको बस दुर्घटना, २५ जना बिद्यार्थी घाइते


तितोपाटी – माडीको सोमेश्वर सेकेन्डरी स्कूलका विद्यार्थी बोकेको बस भरतपुर महानगरपालिकाको पुल्लरचोकमा दुर्घटना भएको छ। शैक्षिक भ्रमणबाट फर्किएको ना ६ ख ९३६६ नंम्बरको बस मंगलबार राति सवा १ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परेर २५ जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार उक्त बसमा शिक्षक विद्यार्थीगरि ३८ जना सवार रहेका थिए। घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक गौतमका अनुसार चालक थाकेको र निदाएकोले बस दुर्घटना भएको हो। प्रहरीका अनुसार चालक माडी ३ का ४३ वर्षिय वीरेन्द्र महतो पनि घाइते भएका छन्।

‘दिनभरी घुम्ने र रातभरि यात्रा गर्ने हुँदा चालकले सुत्न पनि नपाउने र रातभर पनि गाडी चलाउनुपर्ने हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ।’ प्रहरीका अनुसार दुर्घटना भएको उक्त बस विद्यालयले घुम्नको लागि मात्रै रिजर्ब गरेर जनकपुर गएका थिए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...