Friday 6th March 2026

चितवनमा शैक्षिक भ्रमणमा लगिएको बस दुर्घटना, २५ जना बिद्यार्थी घाइते


तितोपाटी – माडीको सोमेश्वर सेकेन्डरी स्कूलका विद्यार्थी बोकेको बस भरतपुर महानगरपालिकाको पुल्लरचोकमा दुर्घटना भएको छ। शैक्षिक भ्रमणबाट फर्किएको ना ६ ख ९३६६ नंम्बरको बस मंगलबार राति सवा १ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परेर २५ जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार उक्त बसमा शिक्षक विद्यार्थीगरि ३८ जना सवार रहेका थिए। घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक गौतमका अनुसार चालक थाकेको र निदाएकोले बस दुर्घटना भएको हो। प्रहरीका अनुसार चालक माडी ३ का ४३ वर्षिय वीरेन्द्र महतो पनि घाइते भएका छन्।

‘दिनभरी घुम्ने र रातभरि यात्रा गर्ने हुँदा चालकले सुत्न पनि नपाउने र रातभर पनि गाडी चलाउनुपर्ने हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ।’ प्रहरीका अनुसार दुर्घटना भएको उक्त बस विद्यालयले घुम्नको लागि मात्रै रिजर्ब गरेर जनकपुर गएका थिए।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...