Wednesday 24th September 2025

खोटाङमा जीप दुर्घटना, ६ जना घाइते


तितोपाटी – खोटाङमा जीप दुर्घटना हुँदा ६ यात्रु घाईते भएका छन् । सुनसरीको धरानबाट ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका लागि छुटेको ना १ ज ५६२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सवार यात्रु घाईते भएका हुन्।

सोमबार राती रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित कोलडाँडामा सडकबाट जीप पल्टिँदा मोरङ पथरीका जीप चालक लक्ष्मण माझी, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका हर्कबहादुर भट्टराई, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका जर्मन भुजेल, उनकी श्रीमती सरिता भुजेल लगायत घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि काठ्माण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनामा सामान्य घाईते भएका इटहरी उपमहानगरपालिका–१९ तरहराका खेमकुमारी बस्नेत र सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–४ जुबुका सञ्जिव गुरुङ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । ब्रेक फेल हुँदा जीप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...