Friday 6th March 2026

तमु समाज, कुवेतद्वारा फेरी आर्थिक सहयोग प्रदान


तीतोपाटी- आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको  (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेत द्वारा नेपाली रु ७९ हजार ८९४ आर्थिक सहयोग गरेको छ। 

उक्त सहयोग समाजका सदस्यहरु द्वारा सन्कलन गरी पीडित सल्लाहकार शुक बहादुर गुरुङ ज्युको परिवारलाई प्रदान गरिएको हो । 

माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ८ नयाँ पूल, कास्की निवासी सल्लाहकार शुक बहादुर गुरुङ ज्युको ७९ बर्षिया ममतामयी आमा कौशिला गुरुङ ज्युलाई मिती १२ कार्तिक २०७५ सोमबार तदनुसार २९ अक्टोबर २०१८ को राती घरमा अन्य कोही नभएको मौका छोपी हत्या गरी गर गहना, धनमाल चोरेर हत्यारा फरार भएको थियो । हाल स्थानिय प्रशासन द्वारा हत्याराको खोजी कार्य भै रहेको जनाईएको छ ।

आमा कौशिला गुरुङको हत्या पश्चात भावह्यिल बनेका शोकाकुल परिवारलाई धर्य धारण गर्न शान्तवना स्वरुप एवं मृतक आमाको आत्मालाई शान्तीका साथ स्वर्गमा वास मिलोस भनी कामना गर्दै हार्दिक श्रदाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको थियो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...