Wednesday 21st January 2026

आदीवासी जनजाती महासंघ, कुवेतको तेस्रो अधिवेशन ३० नोवेम्बर हुने


तीतोपाटी-नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको  तेस्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ । 

आगमी नोभेम्बर ३० मा आयोजना हुने आफ्नो तेस्रो ऐतिहासिक लाई सब्य र भब्य गर्न को लागि कार्यक्रम संयोजक समिति तय गरेको छ जस्मा बल बहादुर काम्बाङ को संयोजकत्वमा सात सदस्यीय रहेको छ जस अन्तर्गत जिम्मेवार बाड्फाड पनि गरिएको छ । कार्यक्रममा कुवेतमा  सबै जनजाती संस्थाहरुलाई आफ्नो जातीय भेषभुषामा बाक्लो उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जनजाती संस्थाहरुलाई अनुरोध गरेको छ ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै  आयोजक आदिवासी जनजाति महासंघ कुवेत ले हार्दिक बिनम्र अनुरोध गरेका छन ।

कार्यक्रम सम्बन्धी थप जानकारी:-

कार्यक्रम: तेस्रो ऐतिहासिक अधिवेशन 

मिति: नोवेम्बर ३० तारिक २०१८  शुक्रबार

समय: बिहान् ठिक ११ बजे देखी

स्थान: फर्वानिय आइडियल अडिटोरियम हल

आयोजक: आदिवासी जनजाति महासंघ कुवेत


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...