Friday 13th March 2026

बंगलादेश बन्यो साफ यु – १५ च्याम्पियन


तितोपाटी – बंगलादेशले टाइब्रेकरमा पाकिस्तानलाई हराएर शनिबार एन्फा कम्प्लेक्समा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधि कब्जा गरेको छ  । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक एक गोलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

फाइनल निर्धारित समय १–१ मा टुंगिएपछि टाइब्रेकरमा ३–२ को सफलता हासिल गर्दै बंगलादेश साफ यू–१५ मा दोस्रोपल्ट च्याम्पियन भएको हो । बंगाली बैकल्पिक गोलरक्षक मेहदी हसनले तीन पेनाल्टी बचाएका थिए । यसअघि सन् २०१५ मा घरेलु मैदानमा भएको च्याम्पियनसिप जितेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई १–० ले हरायो । त्यसमा थालाचेउले १७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नेपाली टिमलाई सेमिफाइनलमा पाकिस्तानले ४–० ले पराजित गरेको थियो । प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने। यस्तै चार गोल गर्दै बङ्गलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए। बङ्गलादेशले फेयरप्ले टोलीको अवार्ड समेत हात परेको छ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...