Friday 19th September 2025

तमु प्ये ल्हु संघ,कुवेतले तमू ‘फो- ल्होसार जनवरी ४ तारिख मनाईने


तीतोपाटी- तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्येल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। कुवेत को नेपाली समाज मा पनि धेरै कार्यक्रम को रुपरेखा तयार भएको छ भने आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदैआएको तमु प्ये ल्हु संघ,कुवेतले “तमु फो-ल्होसार” (मृग बर्ग) को ल्होसारलाइ भब्य र सब्य पर्न को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथि हरु लाई संस्थाका कलाकर भाई बहिनी हरु को जोडदार प्रस्तुती को साथ मनोरञ्जन दिने छन। अस्ती शुक्रबार कुबेत सिटी मा तमु प्ये ल्हु संघ,कुवेतको अध्यक्ष उमा गुरुङ को अध्यक्षतामा बसेको बैठकले तमू ‘फो- ल्होसार जनवरी ४ तरिक मनाउने निर्णय गरेको हो ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ एवं सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै अध्यक्ष उमा तमुस्यो ले हार्दिक बिनम्र अनुरोध गरेका छन।

आयोजक : तमु प्ये ल्हु संघ,कुवेत
कार्यक्रम : तमु ‘फो-ल्होसार
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति/समय : ४ जनावरी २०१९ शुक्रबार बिहान ठीक ११ बजे


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...