Wednesday 7th October 2026

राैतहटमा २ वटा पुरूषको वेवारिसे शव भेटियो


तितोपाटी – रौतहटमा दुईजना पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका ८ र माधवनारायण नगरपालिका ६ मा ती शव भेटिएको हो । छुट्टाछुट्टै स्थानमा वेवारिसे अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

माधवनारायण नगरपालिका ६ को माधोपुरको एक खेतमा ३० वर्षको उमेरका एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यसै गरुडा नगरपालिका ८ को जिंगडीयामा पनि एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको जिगंडियामा बाटोको नालामा डुबेको अवस्थामा ३५ वर्षका एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले बताए ।

फेला परेका दुवै शवको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमा लागि जिल्ला अस्पताल गौर पठाइएको छ  भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...