Sunday 11th January 2026

सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयले बोलायो


तिताेपाटी – राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

सडकमै रहेको खाल्डोमा परेर किर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले बुधबार नयाँ पत्रिकाको पहिलो पृष्ठमा इमानमै खाल्डो शीर्षकमा विस्तृत समाचार आएपछि शुक्रबारका लागि सम्बन्धीत कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरपालिकालाई छलफलमा बोलाएको कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...