Friday 6th March 2026

गुल्मीमा माया प्रेमको चक्करमा एक किशोरीद्वारा विष सेवन, झुक्किएर अरू २ जनाले पनि विष पिए


तितोपाटी – गुल्मीको एकै विद्यालयका तीनवटी छात्राले आज दिउँसो एकैसाथ विष सेवन गरेका छन् । रेसुङ्गा नगरपालिका ११ को सिमिचौरस्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्राहरुले विष सेवन गरेर बेहाेस भएका हुन्  ।

रमिता (नाम परिर्वन) ले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्किएर पिउँदा उनीहरु अर्धचेत भई उपचार्थ पाल्पा पठाइएको प्रहरीले जनाएको छ । उनीहरु तीनैजनाको उमेर १६ बर्ष हो ।

विद्यालय बन्द भएपनि एकजना शिक्षकले गणित विषय पढाउँदै थिए । सोही क्रममा उनीहरु शाैचालय जान्छौ भन्दै निस्किएको बेला उक्त घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए । घटनाका सम्वन्धमा गम्भिर अनुसन्धान हुनुपर्ने स्थानीयको भनाई छ ।

कोसँग प्रेम सम्बन्ध थियो भन्नेबारे  खुलेको  छैन । माया प्रेमकै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्महत्या समेत गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...