Wednesday 24th September 2025

गुल्मीमा माया प्रेमको चक्करमा एक किशोरीद्वारा विष सेवन, झुक्किएर अरू २ जनाले पनि विष पिए


तितोपाटी – गुल्मीको एकै विद्यालयका तीनवटी छात्राले आज दिउँसो एकैसाथ विष सेवन गरेका छन् । रेसुङ्गा नगरपालिका ११ को सिमिचौरस्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्राहरुले विष सेवन गरेर बेहाेस भएका हुन्  ।

रमिता (नाम परिर्वन) ले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्किएर पिउँदा उनीहरु अर्धचेत भई उपचार्थ पाल्पा पठाइएको प्रहरीले जनाएको छ । उनीहरु तीनैजनाको उमेर १६ बर्ष हो ।

विद्यालय बन्द भएपनि एकजना शिक्षकले गणित विषय पढाउँदै थिए । सोही क्रममा उनीहरु शाैचालय जान्छौ भन्दै निस्किएको बेला उक्त घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए । घटनाका सम्वन्धमा गम्भिर अनुसन्धान हुनुपर्ने स्थानीयको भनाई छ ।

कोसँग प्रेम सम्बन्ध थियो भन्नेबारे  खुलेको  छैन । माया प्रेमकै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्महत्या समेत गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...