Friday 6th March 2026

बुटवलको एक मासु पसलमा ६ महिनादेखिको बासी ४ क्वीन्टल खसी-बोकाको टाउको र खुट्टा फेला पर्यो


तितोपाटी – बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब चार क्वीन्टल खुट्टा र टाउका भेटाएको हो । जाडो याममा बढी माग हुने भएकाले खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि संकलन गरेर पाँच सय लिटरका दुईवटा डिपफ्रिजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले फेला पारेको हो ।

समितिका अनुसार यो परिमाणको पुरानो र बासी मासुजन्य पदार्थ भेटिएको रुपन्देहीमा सबैभन्दा धेरै हो । समितिले यो परिमाणलाई अस्वभाविक मानेको छ । उक्त मासु पसलले मापदण्ड विपरीत बासी र पुरानो मासु बेचेको गोप्य सूचना र जनगुनासो आएपछि जिल्ला संयुक्त अनुगमन समितिले अनुगमन गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

पुरानो र बासी मासुले फुड पोइजनिंग र झाडापखाला जस्ता रोग लाग्ने र जनस्वास्थ्यमा गम्भीर असर पुराउने हुँदा मासु पसलेलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

ठूलो परिमाणमा बासी र पुरानो मासुजन्य पदार्थ भेटिएपछि उक्त मासु पसल अर्को सूचना नहुंदासम्मका लागि शिल गरिएको वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले जानकारी दिए ।

बुटवलकै ठूलो मासु पसल मानिने कुरैसी मासु पसलले प्रहरी, सेना, फिटनेस सेन्टर, ठूला होटलहरुमा मासु आपुर्ति गर्दै आएको थियो ।

बुटवलमा पशु बधशाला भवन बनेको ४ वर्ष पुरा हुंदा पनि सञ्चालनमा ल्याउन स्थानीय सरकारले बेवास्ता गर्दा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न वाध्य भएकाले तत्काल बधशाला सञ्चालनमा ल्याउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले बताए ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...