Tuesday 31st March 2026

कारागार नजिक आक्रमण, सात जनाको मृत्यु


तिताेपाटी – अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् ।

प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताए । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका व्यक्ति भएको बताए । कर्मचारी बोकेको बस कारागारभित्र प्रवेश गर्नै लाग्दा ती व्यक्तिले आत्मघाती आक्रमण गरेका थिए ।

विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेटका लडाकूहरुले पछिल्ला महिनाहरुमा काबुलमा आत्मघाती आक्रमणमा तिब्रता दिएका छन् ।

काबुलको निर्वाचन आयोगमा आत्मघाती आक्रमण भएको एकदिन पछि नै यो आक्रमण भएको हो, जसबाट एक जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए ।

अफगानिस्तानको यसपटकको संसदीय चुनावमा व्यापक मात्रामा हिंसात्मक आक्रमणका घटना भएका छन् ।  अफगानिस्तानमा जारी हिंसा अन्त्यको उपाय खोजी गर्न यसै महिनाको शुरुमा नवनियुक्त अमेरिकी दूत जाल्मे खलिलजादले तालिबानका प्रतिनिधिहरुसँग कतारमा भेटवार्ता गरेका थिए।

उक्त भेटवार्ताको दुई सातापछि नै पाकिस्तानी जेलमा आठ वर्षदेखि थुनामा रहेका तालिबानका एक जना उच्च कमान्डरलाई मुक्त गरिएको थियो ।

एक जना वरिष्ट तालिबानी नेताले खलिलजादसँगको भेटमा अब्दुल घानी बरादर र अरु धेरै नेताहरुलाई मुक्त गर्न आग्रह गरिएको बताए । एएफपी


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...