Wednesday 24th September 2025

पोखरामा ८० वर्षीया वृद्धाको हत्या


तितोपाटी – कास्कीको माछापुच्छे गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

घटनास्थलको प्रकृति, मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको र घरको मूल ढोकामा बाहिरबाट ताल्चा लगाइएकाले उनको हत्या भएको आशंका गुरुङले गरे ।

आइतबार राति भएको घटनाको बारेमा सोमबार साँझमात्र जानकारी भएको थियो । जेठा छोरा चित्रबहादुरसँग बस्दै आउनुभएकी कौशिला छोरा घरमा नभएको दिन उक्त घटना घटेको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । गुरुङको साथमा भएका गरगहना लुट्ने नियतले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक आँकलन प्रहरीको छ ।

मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...