Friday 6th March 2026

लैनचाैरमा माइक्रोबस र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, एक जना घाइते


तितोपाटी – काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा आज विहान ६ बजे माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत दरबारमार्गका अनुसार बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट टुपचे–७ का अन्दाजी २८ वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै मोटरसाइकल पछाडि सवार सोह्रखुट्टे बस्ने सजु थापा घाइते भएकी छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सवारी साधनसहित माइक्रो चालकलाई महानगरीय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...