Wednesday 24th September 2025

लैनचाैरमा माइक्रोबस र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, एक जना घाइते


तितोपाटी – काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा आज विहान ६ बजे माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत दरबारमार्गका अनुसार बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट टुपचे–७ का अन्दाजी २८ वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै मोटरसाइकल पछाडि सवार सोह्रखुट्टे बस्ने सजु थापा घाइते भएकी छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सवारी साधनसहित माइक्रो चालकलाई महानगरीय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...