Friday 6th March 2026

जाजरकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, एक घाइते


तितोपाटी – जाजरकोटमा जीप दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको कुसे गाउपालिका–५ खुर्पास्थित सडकमा जीप दुर्घटना हुदा चालक आठबिसकोट नगरपालिका–३ बाकेजिलुला का २१ वर्षीय कमल परियारको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रबिन्द्र बहादुर सिंहले बताए। उनका अनुसार सोही जीपमा सवार जाजरकोट खलंगाको राप्ती ग्रील उध्योगका मिस्त्री दाङ घर भएका निहुर आलम घाइते भएका छन्।

घाइते आलमको अवस्था गम्भिर रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जनाएको छ।

सदरमुकाम खलंगादेखि लक्ष्मी प्राप्ती मावि खुर्पाको पुस्तकालयका फर्निचर सामानहरु जडानका लागि गएको भे १ च ५५७ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडी सडकदेखि ३ सय मीटर तल खसेको जनाइएकाे छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...