Wednesday 24th September 2025

जाजरकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, एक घाइते


तितोपाटी – जाजरकोटमा जीप दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको कुसे गाउपालिका–५ खुर्पास्थित सडकमा जीप दुर्घटना हुदा चालक आठबिसकोट नगरपालिका–३ बाकेजिलुला का २१ वर्षीय कमल परियारको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रबिन्द्र बहादुर सिंहले बताए। उनका अनुसार सोही जीपमा सवार जाजरकोट खलंगाको राप्ती ग्रील उध्योगका मिस्त्री दाङ घर भएका निहुर आलम घाइते भएका छन्।

घाइते आलमको अवस्था गम्भिर रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जनाएको छ।

सदरमुकाम खलंगादेखि लक्ष्मी प्राप्ती मावि खुर्पाको पुस्तकालयका फर्निचर सामानहरु जडानका लागि गएको भे १ च ५५७ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडी सडकदेखि ३ सय मीटर तल खसेको जनाइएकाे छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...