Wednesday 24th September 2025

सिनामंगलमा फेला पर्यो जलेको अबस्थाको वेवारिशे युवकको लाश


तितोपाटी – काठमाडौंको सिनामंगलस्थित गोल्डेन गेट नजिकै बेवारिसे शव फेला परेको छ । अन्दाजी १७/१८ वर्षको युवकको शव अनुहार र शरिरको लुगा जलेको अवस्थामा कल्भर्ट भित्र फेला परेको महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए ।

युवकको साथमा लागूऔषध डेनड्राइड फेला परेको छ । आगो तापेर सुत्ने क्रममा जलेको आशंका गरिएपनि पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण थाहा हुने सिंहले बताए । युवकको पहिचान खुल्न सकेको छैन ।

आज बिहान गौशालास्थित प्रहरी बृतले शव फेला पारेपछि अनुसन्धानका लागि थप टोली खटाएको छ। शव कसको हो भन्ने बारे पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर टेकुको टोली समेत आएर थप अनुसन्धान गरेको हो ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...