Saturday 20th December 2025

१ सय ८८ यात्रु बोकेको इन्डोनेसियाको लायन एयरको विमान समुन्द्रमा दुर्घटना


तितोपाटी – लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा खसेको छ । कलसाइन जेटी ६१० भएको दुर्घटनाग्रस्त विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो  भने उडान भरेको केही समयमा विमान सम्पर्कविहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो । घटनामा हताहती र जीवित यात्रुबारे केही जानकारी प्राप्त भएको छैन । उक्त विमान नयाँ बोइङ ७३७ म्याक्स ८ थियो ।

‘विमान ३०–४० मिटर गहिरो समुद्रमा खसेको छ,’ खोजी तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफल लतिफले एएफपीसँग कुरा गर्दै भने, ‘हामीले अझै विमानको भगनावशेस खोजी गरिरहेका छौँ ।’ पत्रकार सम्मेलनमा विमानमा १७८ वयस्क, एक शिशु र दुई बालबालिका, दुई पाइलट तथा ५ क्याबिन क्रु रहेको जानकारी दिइएको छ । यद्यपि, विमानमा सवार संख्याबारे विभिन्न रिपोर्टहरु आइरहेका छन् ।

के भएको थियो ?

जेटी ६१० जकार्ताबाट स्थानीय समयअनुसार विहान ६ः२० मिनेटमा उडेको थियो । उक्त विमान पाङकाल पिनाङमा एक घण्टामा अवतरण गर्नुपर्ने थियो । तर, उडानको १३ मिनेटपछि नै विमान र ग्राउण्ड स्टाफबीच सम्पर्क टुटेको थियो । सम्पर्क टुट्न अघि पाइलट विमानलाई जकार्ताको सोइकार्नो हाता विमानस्थलमा फर्काउने अनुमति मागेका थिए ।

विमानको पाटपुर्जा र यात्रुका सामान समुद्रमा तैरिरहेको अवस्थामा फेला परेको छ ।

सन् १९९९ मा स्थापना भएको इन्डोनेसियाको बजेट एयरलाइनसले दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया र मध्य पूर्वमा उडान सञ्चालन गर्दै आएको छ । सन् २०१६ सम्म खराब रेकर्डका कारण यो विमानलाई युरोपमा उडान भर्न प्रतिबन्ध गरिएको थियो । सन् २०१३ मा पनि यो एयरलाइन्सको विमान बाली नजिकैको समुद्रमा ल्याण्ड गर्न पुगेको थियो । घटनामा सबै १०८ यात्रु सशुकल रहेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...