Friday 6th March 2026

काभ्रेमा २ सवारी दुर्घटनामा ४ को मृत्यु, ३ घाइते


तितोपाटी – काभ्रेमा शनिबार दिउँसो भएका छुट्टा-छुट्टै दुर्घटनामा नेपाल प्रहरीका डीआइजी र पत्रकारसहित चार जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा तीनजना घाइते भएका छन्। मण्डन देउपुर नगरपालिका-६ ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा दुई जनाको घटना स्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मण्डन देउपुर-४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका-१० का विनोद कार्कीको घटना स्थलमै मृत्यु भएको हो।

त्यस्तै दुर्घटनामा प्रहरी प्रधान कार्यालयका डीआइजी सुशीलकुमार भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी रविराज खड्काले जानकारी दिए। खड्काका अनुसार जिपमा सवार अन्य तीनजना घाइते भएका छन्। घाइते हुनेमा पूर्वडीएसपी धनराज पुरी, विनोद गौतम, व्यवसायी प्रदिप वोगटीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

जिप थुक्कीडाँडाबाट धुलिखेल फर्कने क्रममा दिउँसो दुई बजे सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटना भए लगतै जिप चालक प्रदीप बोगटीले प्रहरीलाई जानकारी गराएका थिए।

चालक बोगटीका अनुसार बाटोमा बिजुलीको तार छल्ने क्रममा चिप्लियर दुर्घटना भएको हो। बिहान बालुवाखानी हेरेर धुलिखेल फर्कने क्रममा जिप दुर्घटना भएको बोगटीले बताए। मृतक पराजुली रेडियो गौरवको स्टेशन मेनेजर रुपमा काम गर्दै आएका थिए। मृतक पराजुली शव शिरमेमोरीयल अस्पतालमा पोष्टमार्टम गरी शनिबार साँझ अन्तिम संस्कार गरिएको छ।

त्यसैगरी आइतबारै पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालका अनुसार टिपरको क्याबिनबाट स्थानीयले गाजाको पोकासमेत बरामद गरेका छन्।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...