Monday 30th March 2026

खासोग्गीकी प्रेमिकाद्वारा ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार


बीबीसी

हत्या गरिएका पत्रकार जमाल खासोग्गीकी प्रेमिकाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार गरेकी छिन् । ट्रम्पले खासोग्गीको हत्या अनुसन्धानमा इमान्दारिता नदेखाएको भन्दै ट्रम्पको निम्तो अस्विकार गरेको जानकारी दिएकी छिन् ।

हेटिस सेन्गिजले टर्कीको एक टेलिभिजनलाई उक्त अनुसन्धान अमेरिकी सर्वसाधारणको विचारलाई प्रभावित तुल्याउनका लागि मात्र लक्षित भएको बताएकी छिन् ।

खासोग्गीको तीन हप्ता अघि साउदी दूतावासभित्र हत्या गरियो ।

साउदी अरबले उनको हत्यामा सत्तामा रहेको राजपरिवारको संलग्न नभएको दाबी गर्दै आएको छ ।

साउदी अरेबियाले सुरुमा खासोग्गीको हत्या अस्विकार गर्दै आएको थियो ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...