Monday 30th March 2026

वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति


तिताेपाटी – सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ १३ मा छापिएको छ ।

यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए ।

‘वैदेशिक रोजगारीमा जानेले मंसिरदेखि आफ्नै प्रदेशबाट सेवा पाउनेछन्’, उनले भने । वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको हो ।

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...