Wednesday 7th October 2026

रोल्पामा श्रीमानद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या


तितोपाटी – रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती देविसराको हत्या गरेका हुन् ।

बुधबार राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहरी गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुकलालले घरायसी विवादमा श्रीमतीको हत्या गरेको अनुमान छ ।

मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिने सुकलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

प्रतिकृयाहरू
...