Saturday 18th May 2024

रोल्पामा श्रीमानद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या


तितोपाटी – रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती देविसराको हत्या गरेका हुन् ।

बुधबार राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहरी गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुकलालले घरायसी विवादमा श्रीमतीको हत्या गरेको अनुमान छ ।

मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिने सुकलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...