Tuesday 16th September 2025

पहिलो याैन सम्पर्कको जोखिम र अपनाउनु पर्ने सावधानीहरू


तितोपाटी – नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ । यौन शिक्षा नभए समान नै छ अझै पनि । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले कतिपय राजीखुसीमा, कानुनअनुसार पनि यौन सम्बन्धका लागि योग्य भइसकेका जोडीलाई यौन सम्पर्कमा बारेमा साधारण जानकारीसमेत नभएको पनि पाइन्छ ।

जीवनचक्र चलाउने माध्यमसँगै प्रेम अभिव्यक्त गर्ने उत्तम उपहार पनि हो, यौन । तर यौन शिक्षाको अभावमा कतिपयको पहिलो प्रयास पीडादायी बन्न पुग्छ ।

ज्ञानको अभावमा शारीरिक तथा मानसिक दुवै रुपमा पीडादायी हुन सक्छ । तनाव हुनसक्छ । पुरुषमा शीघ्रपतन, लिंग योनिभन्दा बाहिरै रहने हुनसक्छ । जथाभावी यौन सम्पर्क गर्दा महिलाको योनी दुख्ने, घाउ लाग्ने पनि हुनसक्छ । पहिलो रंगीन सम्बन्ध क्लाइमेक्समा नपुग्ने समस्या पनि हुनसक्छ । पहिलो यौन सम्बन्ध आनन्दमयी नभई पीडादायी हुँदा त्यसको नकारात्मक असर पछिसम्म पर्नसक्छ ।
स्नतको मुन्टो संवेदनशील र नरम हुन्छ । स्तन बिस्तारै खेलाउँदा आनन्द आउँछ । स्तनको मुन्टो (निप्पल) बेस्सरी समात्दा रमाइलो हैन, पीडा हुन्छ र घाउसमेत हुनसक्छ ।

महिलाको योनि झिल्ली नफुटेको र पुरुषको लिंगको छाला सुर्किएको छैन भने त्यस्ता यौन जोडीलाई नेपाली चलनचल्तीअनुसार कुमारी तथा कुमार भएको मानिन्छ । झिल्ली च्यातिएको या लिङ्गको छाला तल सरेको छ भन्दैमा उसले पहिल्यै सेक्स गरिसकेको छ भन्ने हुँदैन । यो कुमार या कुमारित्व परीक्षणको वैज्ञानिक माध्यम पनि हैन ।

युवतीले साइकल तथा मोटरसाइकल चढ्ने, उफ्रिने, घोडा चढ्ने, रुख चढ्ने लगायतका गतिविधिले यौन सम्पर्क गर्नुपूर्व नै योनि झिल्ली फुटिसकेको हुनसक्छ । पुरुषले हस्त मैथुन गर्दा वा त्यत्तिकै चलाउँदा पनि लिंगको छाला सुर्किएको हुनसक्छ ।

च्यात्तिएको छैन भने पहिलो दिनको यौन सम्पर्कमा योनीभित्र लिंग पस्नलाई योनि झिल्ली फुट्नु पर्छ । योनी झिल्ली फुट्दा महिलालाई अत्यधिक दुख्छ । यसक्रममा महिलालाई अत्यधिक रक्तश्राव हुने सम्भावना पनि हुन्छ । पुरुषको लिंगको भित्री छाला सुर्किएर लिंगको डाँठतिर सर्दा पुरुषलाई पनि असाध्य दुख्छ ।

अपनाउनु पर्ने सावधानी
पहिलो पटक यौन सम्पर्क गर्दा यौन शिक्षाको अभाव तथा यौन प्रक्रिया नपुगेका कारणले यौन जोडीमा तनाव उत्पन्न हुनसक्छ । महिलाले मनको कुरा व्यक्त गर्न चाहँदैनन् । त्यसैले यौन सम्पर्कमा सरिक हुनुअगाडि यौन शिक्षा, यौन र यौन क्रिडाका बारेमा ज्ञान लिनु आवश्यक हुन्छ ।
यौन सम्पर्क गर्नुभन्दा पहिले यौन सम्पर्क गर्ने उचित स्थान र समय निर्धारण गर्नु पर्छ । एकान्त, शान्त तथा सुरक्षित ठाउँ रोज्नु सबैभन्दा उत्तम हुन्छ ।

अत्यधिक उज्यालो भएको ठाउँमा पनि टाउको दुख्ने, आँखा बिझाउने, असुरक्षित महसुस हुने लगायतका समस्या देखिनसक्छ । केही नदेखिने किसिमको अँध्यारो ठाउँमा पनि यौन सम्पर्क नगर्दा राम्रो हुन्छ । अँध्यारो ठाउँमा पहिलो पटक यौन सम्पर्क गर्दा अनुभवको अभावमा उत्पन्न हुने जोखिम र अनुहार हेराहेर गरेर हुने भावना साटासाट गर्ने अवसर गुम्छ ।

यौन सम्पर्क गर्दा टाइट कपडा नलाउँदा राम्रो हुन्छ र सामान्यतः नांगै भएको राम्रो । यौन जोडीबीच यौनाङ्ग देखिँदा एक आपसमा उत्तेजना उत्पन्न हुन्छ, जस कारण यौनानन्द बढ्छ ।
एकले अर्कोको कपडा खोलिदिँदा राम्रो हुन्छ । एकले अर्कोको कपडा खोल्दा नजिकपना ल्याउँछ । कपडा खोल्दा जिस्किँदै खोल्नुपर्छ ।

कसैकसैमा आत्मबल बढाउने भनेर मदिरा या लट्ठ पार्ने सामग्री प्रयोग गर्ने गर्छन् । यो हानिकारक हुन्छ । सहमतिमा मात्र सम्बन्ध राख्नुपर्छ । यौन जोडीको उमेर पनि उत्तिकै महङ्खवपूर्ण हुन्छ । कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ । पहिलो पटक यौन सम्पर्क गर्दा अस्थायी साधनको प्रयोग गर्नुपर्छ ।


सम्बन्धित शीर्षकहरु

जेन-जी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा…

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

प्रतिकृयाहरू
...