Tuesday 23rd September 2025

गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु १५ घाइते


तितोपाटी – गुल्मीको इश्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लु १ ज ७३७० जीप तम्घासबाट पालुखा जाँदै थियो। दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका २९ बर्षिय चालक प्रेम कुँवर र २६ बर्षिया करिश्मा कुँवर गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए। गम्भीर घाइते दुवै जनाको जिल्ला अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ।

दुर्घटनामा १३ बर्षिय रोशन केसी, ६५ बर्षिय बेल कुमारी कुँवर, १४ बर्षिय रविन कुँवर, ५२ बर्षिय कमला केसी, ३३ बर्षिय कल्पना राना, ११ बर्षिय बिशाल थापा, १४ बर्षिया पवित्रा केसी, १२ बर्षिय अर्जुन केसी, १९ बर्षिया अनुष्का पन्थी, १२ बर्षिया कविता मुसिखा, ८ बर्षिया सुष्मा मुखिया, ५९ बर्षिया भुमकला पन्थी र ६ बर्षिया शिशिर कुँवर घाइते भएको प्रवक्ता खड्काले बताए। उनीहरु सबैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ। ओभरलोड र कच्ची उकालो सडकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...