Friday 6th March 2026

गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु १५ घाइते


तितोपाटी – गुल्मीको इश्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लु १ ज ७३७० जीप तम्घासबाट पालुखा जाँदै थियो। दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका २९ बर्षिय चालक प्रेम कुँवर र २६ बर्षिया करिश्मा कुँवर गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए। गम्भीर घाइते दुवै जनाको जिल्ला अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ।

दुर्घटनामा १३ बर्षिय रोशन केसी, ६५ बर्षिय बेल कुमारी कुँवर, १४ बर्षिय रविन कुँवर, ५२ बर्षिय कमला केसी, ३३ बर्षिय कल्पना राना, ११ बर्षिय बिशाल थापा, १४ बर्षिया पवित्रा केसी, १२ बर्षिय अर्जुन केसी, १९ बर्षिया अनुष्का पन्थी, १२ बर्षिया कविता मुसिखा, ८ बर्षिया सुष्मा मुखिया, ५९ बर्षिया भुमकला पन्थी र ६ बर्षिया शिशिर कुँवर घाइते भएको प्रवक्ता खड्काले बताए। उनीहरु सबैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ। ओभरलोड र कच्ची उकालो सडकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...