Tuesday 23rd September 2025

उदयपुरमा ७५ वर्षीया वृद्धालार्इ मानब मलमुत्र खुवाइ यातना


तितोपाटी – छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मंगलबार राति कुटपिट गरेर उनकै मलमुत्र खुवाइएको छ। गाउँमा एक्लै बसेर गुजारा गर्दै आएकी उदयपुरगडी गाउँपालिका-५ मौवासीकी ७५ वर्षीया महिलालाई छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले मलमुत्र खुवाएका हुन्। आरोपितले छोडेका पशुचौपायले बाली खाएपछि विवाद हुँदा वृद्धालाई कुटपिट गर्दै दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए।

कुर्मीका अनुसार वृद्धा शरीरभरी दिसा लिएर उजूरीका लागि प्रहरी कार्यालय पुगेकी थिइन्।

कुटपिटबाट वृद्धाको दाहिने आखाँमा गम्भीर चोट लागेको छ भने शरीरका अन्य भागमा पनि निलडाम छन्। वृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ। पीडितले बुधबार जिप्रकामा आरोपितविरुद्ध जाहेरी दिएकी छन्। आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

छिमेकीले गाईवस्तु छोडेर बालीनाली नास नगरेपछि छिमेकीलाई दुःखेसो पोख्दा उल्दै मलमुत्र खुवाएको पीडित वृद्धाको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...