Thursday 5th March 2026

उदयपुरमा ७५ वर्षीया वृद्धालार्इ मानब मलमुत्र खुवाइ यातना


तितोपाटी – छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मंगलबार राति कुटपिट गरेर उनकै मलमुत्र खुवाइएको छ। गाउँमा एक्लै बसेर गुजारा गर्दै आएकी उदयपुरगडी गाउँपालिका-५ मौवासीकी ७५ वर्षीया महिलालाई छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले मलमुत्र खुवाएका हुन्। आरोपितले छोडेका पशुचौपायले बाली खाएपछि विवाद हुँदा वृद्धालाई कुटपिट गर्दै दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए।

कुर्मीका अनुसार वृद्धा शरीरभरी दिसा लिएर उजूरीका लागि प्रहरी कार्यालय पुगेकी थिइन्।

कुटपिटबाट वृद्धाको दाहिने आखाँमा गम्भीर चोट लागेको छ भने शरीरका अन्य भागमा पनि निलडाम छन्। वृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ। पीडितले बुधबार जिप्रकामा आरोपितविरुद्ध जाहेरी दिएकी छन्। आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

छिमेकीले गाईवस्तु छोडेर बालीनाली नास नगरेपछि छिमेकीलाई दुःखेसो पोख्दा उल्दै मलमुत्र खुवाएको पीडित वृद्धाको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...