Tuesday 6th October 2026

ऱ्यापर यो यो हनि सिंह नयाँ गेट अपमा


तितोपाटी – ऱ्यापर सिंगरका नामले चर्चित हनी सिंह चार वर्षपछि नयाँ लुकका साथ म्युजिक भिडियोमा देखिने भएका छन् । जुन भिडियोमा हनी सिंगल रूपमा देखिनेछन् । हनीले आफ्नो पुनरागमनलाई चर्चित बनाउन अहिले उक्त नयाँ भिडियोको फर्स्ट लुक फेसबुकमा सेयर गरेका छन् ।

हनीले आफ्नो नयाँ लुकसहितको फोटो फेसबुकमा सेयर गरेपछि भारतीय संगीत दुनियाँमा सनसनी मच्चिएको छ । हनीको यो नयाँ लुकलाई अहिलेसम्म लाखौँ दर्शकले हेरेर मन पराएका छन् । हनी सिंहले फेसबुकमा उक्त म्युजिक भिडियोको फोटो सेयर गर्दै लेखेका छन्– यो हो हनी सिंहको फर्स्ट लुक, चार वर्षपछि म्युजिक भिडियोमा सिंगल आउँदै छु ।

हनी सिंहको यो नयाँ भिडियोको सुटिङ क्युबाको राजधानी हवानामा भइरहेको छ । यो भिडियो छिटै बजारमा आउने तहल्का मच्चाउने अड्कल काटिएको छ । यसभन्दा अधि हनी सिंहको ‘उर्वशी’ एल्बमले विश्वव्यापी रूपमा तहल्का मच्चाएको थियो ।

यो गीतलाई युट्युबमा विश्वभरिका पाँच करोडभन्दा बढी दर्शकले हेरेका थिए । यो गीतमा शाहिद कपुर र कियारा आडवानीले अभिनय गरेका थिए । सन् १९९४ मा प्रदर्शन भएको प्रभुदेवा र नगमाको सुपरहिट फिल्म ‘हमसे है ‘मुकाबला’को चर्चित गीत उर्वशीबाट लिइएको हो ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...