Monday 30th March 2026

नेकपामा जन्मियो नयाँ गुट


तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् , अाजकाे राजधानी पत्रिका दैनिकमा याे खबर छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए ।

उनीहरुले सोमबारको सचिवालय बैठकमा सचिवालयको अघिल्लो निर्णय सदर गर्न गरिएको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर पार्टीभित्र नयाँ गुटको जन्म दिएका हुन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याउन प्रतिवद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएजस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...