Friday 13th December 2024

मादकपदार्थ सेवन गरेर सर्वसाधारण कुट्ने वडाध्यक्षविरुद्ध मुद्दा दर्ता


तिताेपाटी – जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।

शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ ।

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस


सम्बन्धित शीर्षकहरु

ईजरायलका बहालवाला प्रधानमन्त्री आज अदालतमा बयानका लागि पुगे । उनलाई उनका करोडपति साथीहरुबाट उपहार लिएको आरोप छ । प्रजातन्त्रमा पदमा…

-कतार, इराक र साउदी अरेबियाले इजरायलले सिरियामा कब्जा गरेको गोलान हाइट्स नजिकको जमिन कब्जा गरेकोमा इजरायली सेनाले देशभर हवाई हमला…

सिरियाको अवस्था यति छिटो परिवर्तन हुनेछ भन्ने धेरैलाई कल्पना थिएन। केही दिनमै शक्तिशाली देखिएका राष्ट्रपति बसर अल असद आफ्नो कुर्सी…

प्रतिकृयाहरू
...