Tuesday 6th October 2026

भारतका चर्चित कमेडियन कपिल शर्मा डिसेम्बर १२ मा विवाह बन्धनमा बाँधिदै


तितोपाटी – बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् ।

कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस् भन्ने चाहना राखेको जानकारी दिए । उनले भने, ‘म सबैको भावनाको सम्मान गर्छु त्यसकारण विवाहको कार्यक्रम उनीहरुको इच्छा अनुसार नै हुनेछ । रिसेप्सन १४ डिसेम्बरमा हुनेछ ।’

आफ्नो विवाहको कुरा गर्दा कपिलले दाइको विवाह सम्झिए । उनले भने, ‘जब दाइको विवाह भएको थियो तब हाम्रो त्यति राम्रो कमाई थिएन त्यसकारण विवाह निकै साधारण तरिकाले गरिएको थियो । बहिनीको विवाहका बेला परिस्थिती बदलिएको थियो त्यसकारण उसको विवाह भव्य रुपमा भएको थियो । बहिनीको विवाह अघि कपिलले ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज जितेका थिए र उनले १० लाख भारु उपहार पाएका थिए ।’

को हुन् गिन्नी चतरथः

गिन्नी र कपिल कलेजका साथी हुन् । कलेजका कार्यक्रममा यी दुई सँगै भाग लिन्थे । कपिलका दाइ अशोक शर्माका अनुसार गिन्नीको वास्तविक नाम भवनीत हो र उनी जालन्धरकी हुन् । गिन्नी कपिलसँग पंजाबी कमेडी शो हँसबलिएमा देखिएकी थिइन् । यहि कार्यक्रममा सेटमा उनीहरुबीच अफेयर सुरु भएको बताइन्छ ।

पाँच वर्ष अघि सम्बन्धको घोषणाः

गिन्नीले कपिलसँगको आफ्नो सम्बन्धलाई सन् २०१३ मा घोषणा गरेकी थिइन् । यद्यपी, यसलाई धेरैले याद गरेका थिएनन् । साथीसँगको च्याटमा भवनितले आफू कपिलसँग डेट गरिरहेको स्विकारेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...