Saturday 11th April 2026

दीपिका र रणवीरले नोभेम्बेर १४-१५ मा लगनगाँठो कँस्दै


तितोपाटी – बलिउडका हट जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् । जसमा लेखिएको छ विवाह आगामी १४ र १५ नोभेम्बरमा हुनेछ । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ, ‘यति बर्षसम्म तपाईहरुले हामीलाई जुन प्रेम र स्नेह दिनुभयो, त्यसका लागि आभारी छौं । हामी आफ्नो जिन्दगीको नयाँ सुरुवात गर्दैछौं । यसमा तपाईंको आर्शिवादको कामना गर्दछौं । अनगिन्ती प्रेम- दीपिका र रणवीर ।’

आजकाल बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहको विवाहको निकै चर्चा छ । विगत तीन वर्षदेखि डेट गरिरहेका दीपिका र रणबीर नोभेम्बर १४ र १५ मा विवाह बन्धनमा बाँधिन लागेका यी जोडीमा दीपिका ३२ वर्ष पुगिन् भने रणबीर ३३ वर्षका भए । उनीहरुले यो विवाह इटलीको लेक कोमोमा गर्ने बुझिएको छ। त्यसको उत्सव चार दिनसम्म चल्नेछ । तर, यस भव्य विवाहलाई मिडियाबाट टाढा राखिएको छ ।

दीपिका पादुकोण किङफिसर क्यालेन्डर गर्लको रुपमा ग्ल्यामर दुनियामा प्रवेश गरेकी हुन् । करियरको पूवार्द्धमा त्यसबेलाका धनाड्य विजय माल्यका पुत्रसँग दीपिकाको अफेयर रहेको चर्चा हुन्थ्यो । पछि उनी रणवीर कपुरसँग जोडिइन् । रणवीरसँगको उनको लभ-अफेयर बलिउडमा लामो समय चर्चाको विषय बन्यो । उनले रणवीरको नाममा ट्याटु समेत खोपाएकी थिइन् । रणवीर कपुरसँग ब्रेकअपछि उनको घनिष्ठता अर्का रणवीर अर्थात रणवीर सिंहसँग बढ्यो । त्यही घनिष्ठता प्रेममा रुपान्तरण भयो । अब त्यो दाम्पत्य जीवनमा प्रवेश गर्दैछ ।


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...