Wednesday 14th January 2026

अब अमेरिकाले बनाउनेछ परमाणु हतियार, ट्रम्पको खुल्ला धम्की


बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनलाई दबाब दिनका लागि अमेरिकाले आफ्नो परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन् ।

ट्रम्पले पत्रकारसँगको कुराकानीमा रुसले सन् १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज (आइएनएफ) सन्धीको उल्लंघन गरेको दोहोराउँदै अब आफू उक्त सन्धीबाट पछि हट्ने चेतावनी दिए । यद्यपी, ट्रम्पको उक्त आरोप रसियाले खण्डन गरेको छ ।

शीतयुद्ध कालको यो सन्धीले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाएको छ । यो सन्धीलाई युरोपेली देशमा सोभियत संघको खतरा कम गर्नका लागि लागू गरिएको थियो ।

यता रुसले यदि अमेरिका थप हतियार बनाउँछ भने आफू पनि यसको जवाफमा अन्य हतियार बनाउने चेतावनी दिएको छ ।

ट्रम्पले भनेका छन्, ‘मानिसहरु होशमा नआउन्जेल अमेरिकाले आफ्नो हतियार बनाइराख्नेछ ।’

उनले थपे, ‘यो धम्की हो । तपाईं यसमा जसलाई पनि समावेश गर्न सक्नुहुन्छ । चाहे तपाईं यसमा चीनलाई समावेश गर्नुहोस् कि रुसलाई । यसमा ती सबै आउँछन् जो खेल खेल्न चाहन्छन् । सम्झौताको भावनालाई पालना गरिएको छैन ।’

रुस कुराकानीका लागि तयारः

यसैबीच अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनले मस्कोमा कुराकानी गरेका छन् । अमेरिका उक्त सम्झौताबाट बाहिरिने कुरा गरिरहेको थियो जसको रुसले निन्दा गरेको थियो ।

बाल्टनले भनेका थिए, ‘अमेरिका यो सन्धीबाट पछि हट्नु भनेको अप्रसार व्यवस्थाका लागि एउटा गम्भीर झट्का हुनेछ ।’

यस्तै, रुसको सुरक्षा परिषद्का सचिव निकोलाई प्याट्रूशेफले आइएनएफमा आपसी अभियोग हटाउनका लागि क्रेमलिन अमेरिकासँग काम गर्नका लागि तयार भएको बताएका छन् ।

बाल्टनले भ्रमणको सुरुवातमा रुसलाई आफूहरु परमाणु शक्तिको सन्तुलन बनाइराख्नका लागि पाइला चाल्ने चेतावनी दिएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोफले भनेका थिए, ‘हामीले यो मुद्दामा अमेरिकी पक्षको स्पष्टिकरण सुन्न आवश्यक छ ।’

उनले भनेका थिए, ‘सन्धी तोडेका कारण रुसले आफ्नो सुरक्षाका लागि कदम उठाउनु पर्नेछ ।’

एजेन्सी


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...