Saturday 18th May 2024

गोरखामा भीरमाैरीको मह काढ्न जाँदा १ व्यक्तिको भीरबाट लडेर मृत्यु


तितोपाटी – भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। जिल्लाको बारपाक गाउँपालिका-२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए।

छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्‍कासी चिप्लिएर भीरबाट खसेको मृतकका छोरा गिर्जा घलेको भनाइ उद्धृत गर्दै नवीनले बताए । ‘बाबु चिप्लिएर खसेपछि भीरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँले घटनास्थल पुगे, घलेले भने, ‘करिब तीन÷चार घण्टापछि मृतावस्थामा उनलाई फेला पार्‍यौँ।’

भीरबाट करिब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ। उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए। कुम्र्याह भीर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भीरमौरीको मह झिक्न जाने गरेका छन्।रासस


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...