Monday 30th March 2026

नेकपा खाँचीकोट ७ द्वारा दशै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


तितोपाटी – अर्घाखाँची जिल्ला स्थित नेपाल कम्युनिस्ट पार्टी खाँचीकोट द्वारा हिन्दुहरुको महान चाड बडा दशै तथा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा विभिन्न अन्तरक्रिया कार्यक्रम हिजो सोमवारका दिन खाँचीकोट मैदान स्थित कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ।

डुक बहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालनमा मोहन पुरीले गरेका थिए। कार्यक्रममा उपस्थित नेकपामा आवद्ध विभिन्न ठाउ बाट सकृय सदस्यहरुको बाक्लो उपस्थित रहेको थियो। शुभकामना मन्तव्यमा- कमल केसि, चुरा केसि, टुल्क बहादुर थापा, कुम बहादुर थापा, बिष्णु थापा, लगायत अन्य ब्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य के रहेको र सा.न.पा. ७ खाँचीकोट भित्र जनप्रतिनिधिहरुले के कति बिकास गरे भन्ने कुरालाई सोही कार्यक्रममा उठान गरिएको थियो। नेकपा द्वारा बन र स्कुल भवन निर्माण कार्यमा अनियमितता  भएको अाशङ्खा  गर्दै सम्बन्धित पक्ष सङ्ग सम्पुर्ण आय ब्यय विवरण समेत प्रस्तुत गर्न माग गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...