Friday 13th March 2026

नेपाली अल्ट्रा धाविका मीरा रार्इ ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित


तितोपाटी – नेपाली अल्ट्रा धाविका मीरा राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित भएकी छिन् । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा एशिया सोसाइटीले राईलाई बुधबार सो सम्मान प्रदान गरेको हो । सोसाइटीले राईसहित अन्य विभिन्न मुलुकका आठ जनालाई पनि सो अवार्ड प्रदान गरेको छ ।

कीर्तिमान तोडेको, प्रेरणादयी र लाखौँ महिलाका लागि सहयोग गरेको भन्दै सोसाइटीले राईसहित नौ व्यक्तिलाई सम्मान गरेको हो । सम्मानित भएपछि राईले सामाजिक सञ्जालमार्फत आफ्नो जीवनकै उत्कृष्ट दिन भएको बताएकी छिन् ।

विश्वका विभिन्न स्थानमा ट्रेल रनिङमा प्रतिस्पर्धा गरेकी राई सन् २०१६ मा नेसनल जोग्राफीले प्रदान गर्ने ‘एड्भेञ्चर अफ दी इयर’ घोषित भएकी थिइन् । राईले साहसिक खेलबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकी छिन् ।

अल्ट्रा धाविका राई तत्कालीन द्वन्द्वकालताका सशस्त्र माओवादी लडाकु थिइन् । शान्ति प्रक्रिया शुरु भएपछि अयोग्य लडाकु घोषित भएपछि उनको पाइला खेलकूदतिर मोडिएको थियो । साहसिक खेल विधामा पर्ने अल्ट्रा रनमा उनले नेपालको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न देशमा आयोजित प्रतियोगितामा भाग लिँदै पुरस्कार जितेकी छिन् ।

ट्रेल रनिङ र स्काई रनिङमा मीरा विश्वमै चर्चित छिन् । उनले विभिन्न रनिङमा प्रथम स्थानसमेत हासिल गरेकी छिन् । राईले २०१५ फ्रान्समा भएको एकल माउण्ट ब्लान्क अल्ट्रा म्याराथनमा स्वर्ण पदक, २०१५ मा हङकङमा भएको स्काई रनिङ एशियन च्याम्पियनसिपमा स्वर्ण पदक, २०१७ मा बेलायतमा सम्पन्न बेन नेभिस अल्ट्रा दौडमा स्वर्णलगायत दर्जनौँ पदक जित्न सफल भइसकेकी छिन् ।

अल्ट्रा म्याराथनलाई खेलकूदको कुनै पनि उच्च निकाय र एथ्लेटिक्स सङ्घले समेत बेवास्ता गर्दै आएको छ । खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकूदमा छ ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...