Tuesday 11th August 2026

रोल्पामा १४ वर्षीया किशोरी बाबुबाटै बलात्कृत


तितोपाटी – रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ। पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन। गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन।

आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो ।

बाबुले बलात्कार गरेको कसैलाई भनेमा मार्छु भनेका कारण चुप लागेकी उनले दाङ पुगेर आफन्तलाई सबै कुरा भनेपछि घटना बाहिर आएको हो। सानिमा मार्फत न्यायका लागि आइतवार रोल्पा सदरमुकाम लिवाङ आएकी उनलाई रोल्पाका महिला अधिकारकर्मीको सहयोगमा सोमवार प्रहरीकोमा पु-याइएको थियो।

छोरी बलात्कारको आरोप लागेका ४३ वर्षीय बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘भदौको घटना रहेछ। आरोपीलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले भने।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

प्रतिकृयाहरू
...